१११५ विद्यार्थीलाई शैक्षिक सामग्री

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८०
Donations (2)

पोखरा । नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कास्कीका ३ पालिकाका १ हजार १ सय १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ ।

गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका कास्की समन्वयमा अन्नपूर्ण ७ स्थित लान्दु्रक, हिमालय, चण्डी, तान्चोक माझगाउँ आवासीय विद्यालय र संगम माविका ६७ विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।

वडाध्यक्ष भरतमान गुरुङले शैक्षिक सामग्री तथा न्यायो कपडा सहयोगले विद्यार्थी विद्यालय निरन्तर हुने र अभिभावकलाई आर्थिक भारमा सहुलियत भएको बताए ।
सो परियोजनाअन्तर्गत मादी वडा ८, ९, १० र ११, माछापुच्छ«े वडा ७ र ८, अन्नपूर्ण वडा ४, ६ र ७ का ४१ सामुदायिक विद्यालयका १ हजार १ सय १५ विद्यार्थीलाई विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल तथा स्टेसनरी सामग्री सहयोग गरिएको हो ।

यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण १ सय ६४ विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोगसमेत गरिएको छ ।

समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा सहयोगका लागि कार्य क्षेत्रभित्र ३९ स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र बालसंरक्षणमा परियोजनाले सहयोग गर्दै आएको जनाइयो । गुणस्तरीय शिक्षामा बालबालिकाको पहँुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाका अभिभावकलाई समेत प्राथमिकता दिँदै कार्यक्षेत्रका ६ सहकारीमार्फत आयआर्जनका सहयोगी गतिविधिसमेत सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width