बहाकोट कोट कालिका मन्दिर उद्घाटन

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८०
bahakot

पोखरा । पुतलीबजार नगरपालिका ८, बहाकोटमा कोट कालिका मन्दिर निर्माण गरिएको छ ।

बाइसे राजा पृथ्वीवीरविक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिरको पुनःनिर्माणसँगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो ।
मन्दिर उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहासिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए ।

अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको वताए ।

पुतलीबजार ८ का अध्यक्ष इमबहादुर सेनले सहयोगी हातबाट करोडौंको लगानी गर्न सफल भएको बताउँदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताए । बहाकोटसँग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपा जोडेर पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा अगाडि बढ्ने सकिने उनको भनाइ थियो ।

मन्दिर निर्माण समिति अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडि सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए ।

सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफूहरुको योजना रहेको बताए । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एवं चन्दादाता सहयोगमा संकलित १ करोड १ लाख लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण भएको आर्थिक संकलन संयोजक इन्द्रबहादुर थापाले बताए । मन्दिरमा बडादसैं र चैतेदसैंको अष्टमीमा विशेष पूजाआजा हुने गर्छ ।

Related News

सम्बन्धित समाचार

  • भव्य बन्यो बौद्ध अर्घौ सदन 

    श्रीभद्र पौडेल मंसिर ४, २०८०
    पोखरा । पोखरा रामघाटस्थित बौद्ध अर्घौ सदनको नयाँ भवन (गुम्बा) निर्माणको क्रममा थुपै्र चुनौती छिचोल्दै लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको छ…
  • सूर्यको पूजा आराधना गरी छठ मनाइदै   

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०८०
    काठमाडौं ।  देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी…
  • छठ पर्व : सबैको मन जोड्ने सेतु   

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८०
    धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ।     मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।     अर्थात् छठ…
  • पोखरामा विश्वशान्ति पूजाको तयारी  

    आदर्श समाज सम्वाददाता मंसिर १, २०८०
    पोखरा । पोखरामा गुम्बा राप्ने (प्राण प्रतिष्ठा) पाठ वाचन प्रज्ञा पारामिता (कंग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पूरा भएको छ…
  • फेवाकिनारमा भाइटीका महोत्सव, ६८ पर्यटक सहभागी

    आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०८०
    पोखरा।  पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटिका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।…

hero news full width