पोखरा । हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यजी महाराज (श्रीमुक्तिनाथबाबा) सम्मानित भएका छन् ।
उनलाई सनातन वैदिक संस्कृतिमार्फत् धार्मिक चेतना अभिवृद्धि गर्न महŒवपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । मुक्तिनाथ मन्दिरमा रुपान्तरण अभियान, बाग्लुङस्थित पञ्चकोटको प्रवद्र्धन, कालीगण्डकीमा शालिग्राम संग्रहालय स्थापना, त्रिवेणीमा गजेन्द्रमोक्ष धाम निर्माण तथा जललाई जीवन मानेर अनुष्ठान गर्न उनको महŒवपूर्ण भूमिका रहेको उल्लेख छ ।
पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्दै आइरहेको उक्त पुरस्कार शनिबार एक समारोहबीच उनलाई प्रदान गरिएको हो । पुरस्कारको राशि १ लाख १ हजार साथमा माला तथा सम्मानपत्र छ ।
पुरस्कार अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालमा संस्कृति र प्रकृतिको संयोजन गरी पर्यटन विकास गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा ठूल्ठूला योग शिविर सञ्चालन हुनसक्ने सम्भाव्यता औल्याउँदै पवित्र शालिग्राम पाइने कालीगण्डकीमा क्रसर उद्योग सञ्चालन हुनु दुखद् भएको पनि जनाए ।
पर्यटनको प्रचूर सम्भावनायुक्त क्षेत्र पोखरा रहेको चर्चा गर्दै मन्त्री किराँतीले विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई नमूना पर्यटकीय स्थलमा रुपमा विकास गर्न सरकार तयार रहेको बताए ।
सम्मानित व्यक्तित्व मुक्तिनाथबाबाले सम्मानले आफूलाई धार्मिक कार्यमा हौसला थपेको धारणा राख्दै पोखरालाई मुक्तिद्वारको संज्ञा दिए । उनले समय भगवान् भएको चर्चा गर्दै भारतका तीर्थस्थलको भ्रमण गरेमात्रै धर्म प्राप्ति हुन्छ भन्ने गलत मान्यता त्याग्न नेपाली धर्मावलम्बीलाई सुझावसमेत दिए ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पुरस्कार प्राप्त गरेकोमा मुक्तिनाथबाबालाई बधाई दिँदै आम पोखरेलीको साथ सहयोगबाट मन्दिरका गतिविधिहरू सञ्चालन भइरहेको स्पष्ट पारे ।
धार्मिक क्षेत्र विकास समितिका सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सम्मान प्राप्त गरेकोमा बाबालाई बधाई दिर्दै सनातन वैदिक संस्कृतिको जगर्नामा बाबाको भूमिका वृद्धि हुने अपेक्षा सुनाए । उनले सन्तको सत्संघले मानिसलाई दिप्यता प्राप्त हुने भनाइ पनि राखे ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्व. हेमबहादुर÷देवीकुमारी प्रधानद्वारा स्थापित उक्त पुरस्कारबाट यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरी, महिला अधिकारकर्मी दुर्गा घिमिरे तथा वरिष्ट कवि तथा साहित्यकार तुलसी दिवस सम्मानित भइसकेका छन् ।
धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धार्मिक क्षेत्र विकास समितिका सहसचिव आनन्द श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
hero news full width
मुख्य समाचार
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०