यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीजी महाराजलाई पोखरामा अभिनन्दन गरिएको छ ।
पूर्वीय दर्शन र संस्कृत वाङ्मयलाई समृद्ध बनाउन उनले पुर्याएको योगदानको उच्च कदर गर्दै पुष्करेश्वर शिव मन्दिर मासबार र श्रीराम मन्दिर बिरौटा, पोखराले संयुक्तरुपमा अभिनन्दन गरेका हुन् ।
कार्यक्रमका अध्यक्ष एवं राम मन्दिर सञ्चालक समिति अध्यक्ष लीलाभक्त आचार्यले दोसल्ला र अभिनन्दनपत्र अर्पण गरी स्वामी रमणानन्दलाई सम्मान गरेका थिए । यसैगरी पुष्करेश्वर शिव मन्दिरका सचिव सरोज नारायण बरालले संस्कृत गुरुकुलमा अक्षयकोष स्थापना गर्न भक्तहरुबाट संकलित ७५ हजार ५ सय रुपैयाँ स्वामीलाई हस्तान्तरण गरेका थिए ।
सोही समारोहबीच स्वामी रमणानन्द गिरीले महेश संस्कृत गुरुकुललाई सहयोग पुर्याउने विश्व आचार्य, माधव बराल एवं रुक्मिणी बराल र मनहरि पौडेललाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा पुष्करेश्वर महादेव मन्दिरका अध्यक्ष पिताम्बर बराल, राम मन्दिरका उपाध्यक्ष रुद्रनाथ बराल, सल्लाहकार महेश पराजुली, आचार्य कपिल सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन राम मन्दिरका सचिव पुण्डरीप्रसाद बरालले गरेका थिए ।
स्मरणरहोस्, स्वामी रमणानन्द गिरीजीबाट पुष्करेश्वर मन्दिरमा भदौ ४ मा नागपञ्चमीबाट र श्रीराम मन्दिरमा भदौ १९ बाट गीता तथा वेदान्त विषयमा प्रवचन भएको थियो । कार्यक्रम बिहीबार समापन भयो ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान
बाटुलेचौरमा ऐतिहासिक तीज मेला सम्पन्र
भण्डाढिकमा तेज मेला सुरु
राधाकृष्ण मन्दिरमा सप्ताह तयारी
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०