बालमन्दिरमा तीज गीत प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८०
balmandir

पोखरा । बालमन्दिर मावि, नदीपुरमा नेपाल बाल संगठन जिल्ला कार्य समितिको आयोजना र बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा क्लष्टर विद्यालयस्तरीय तीजगीत प्रतियोगिता भएको छ ।

विद्यालयको ५९ औं वार्षिकोत्सव एवं राष्ट्रिय बाल दिवस पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा क्लष्टर समूहका १५ वटा विद्यालयको सहभागिता थियो । जसमा कालिका मावि रामबजार प्रथम, बालमन्दिर मावि नदीपुर दोस्रो र भद्रकाली मावि पोखरा १३ तेस्रो भए । सान्त्वना वाराही मावि मालेपाटन भयो । कार्यक्रममा उत्कृष्ट भेषभूषातर्फ शीतलादेवी मावि रानिपौवा, उत्कृष्ट नृत्यमा महेन्द्र मावि भलाम घोषित भए ।

तीज गीत प्रतियोगिताको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले गरेका थिए । नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापति वामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा समिति उपाध्यक्ष रामहरि ढुंगानाले स्वागत मन्तव्य र प्रधानाध्यापक सुशील बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

क्लष्टर विद्यालयका प्रअतर्फबाट महेन्द्र मावि भलामका प्रअ बोधराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा प्रमुख अतिथि न्यौपाने, निर्णायक मण्डलका सदस्य लोकदोहोरी गायक रामजी पौडेल, ज्योति लोहनी र अमरबहादुर धितालले समेत रमाइला प्रस्तुति राखेर रौनकता बढाएको बालमन्दिरका अतिरिक्त क्रियाकलाप संयोजक तिलकबहादुर कार्कीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width