आँखा अस्पतालालाई गोरखा मिलनको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८०
gorkha milan samaj

पोखरा । गोरखा मिलन समाज पोखराले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा हिमालय आँखा अस्पतालमा बेञ्च तथा फलफूल प्रदान गरेको छ । बुधबार अस्पतालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजको तर्फबाटे बेञ्च हस्तान्तरण गरे ।

उनले यस समाजले विगतदेखि नै सामाजिक भावका साथ विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै गोरखालीहरूको दुःख सुखको साथीकारुपमा रहेको बताए । आँखा अस्पतालमा बिरामीहरूको लागि बस्ने बेन्च वितरणले दीर्घकालीन महत्व बोक्ने बताउँदै हामीले गर्ने क्रियाकलापहरू स्मरणयोग्य हुन जरुरी रहेको बताए ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले समाजको लागि मन्त्रालयको तर्फबाट हुने साथ सहयोगको प्रतिबद्धता व्यक्त गरिन् । प्रदेश सांसद फणीन्द्र देवकोटाले समाजले गरेका गतिविधिहरूमा सहभागी हुने र समाजको हितमा लाग्न सबैलाई प्रेरित गरे । कार्यक्रममा हिमालय आँखा अस्पतालकी निर्देशक प्राडा इलिया श्रेष्ठले गोरखा मिलन समाजले अस्पताललाई दिएको सहयोगले थप हौसला मिलेको बताउँदै धन्यवाद दिइन् ।

नेत्र ज्योति संघ कास्कीका सभापति सुरेन्द्र थापामगरले गोरखा मिलन समाजले गरेको सहयोगप्रति विशेष धन्यवाद दिँदै समाजका सदस्यका लागि अस्पतालले छुट दिने प्रतिबद्धता व्यक्त गरे । नेत्र ज्योति संघ गण्डकी प्रदेशका सभापति प्राडा दीलबहादुर क्षेत्रीले गोरखा मिलन समाजले आगामी वर्ष आफ्नै भवनमा कार्यक्रम गर्न सकोस् त्यसको लागि सामाजिक विकास मन्त्रीले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सुरक्षा निकायतर्फ बढुवा भएका मनोज पाण्डे, हरिमाया पाण्डे, वासु थापालाई सम्मान समेत गरिएको थियो । अस्पताललाई सहयोग गरिएको बेन्च तथा फलफूलमा समाजको तर्फबाट कोपिला श्रेष्ठले स्व. गिरबहादुर श्रेष्ठको स्मृतिमा ३ थान, स्व. मातापिता मिश्री देवी, एकबहादुर थापाको स्मृतिमा शोभाकर थापा कोपिला द्वारा १ थान, स्व. हजुरबा,हजुरआमा बम बहादुर, टंककुमारी भण्डारीको सम्झनामा दीपक, देवी भण्डारीद्वारा १ थान, ठाकुर गिरी, राजु गिरीद्वारा १ थान, स्व. माता केतुमाया गैरे र भाइ राजु गैरेको स्मृतिमा अर्जुन, कोपिला गैरेद्वारा १ थान, ऋषि , रेणुका गिरीद्वारा गिरी मेटल वर्कसपको नाममा १ थान, उमेशचन्द्र, निरु देवकोटा द्वारा ध्रुवतारा मेडिलिङ प्रालिको नाममा १ थान, प्रहरी निरीक्षक मनोज पाण्डे, हरिमाया थापा पाण्डेद्वारा १ थान र काशिराम, अमृता गिरी द्वारा १ थान गरी ११ थान बेन्च अस्पताललाई हस्तान्तरण गरिएको छ ।

बेन्च हस्तान्तरण कार्यक्रमका संयोजक दीपक भण्डारीले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिए । कार्यक्रम समाजका महासचिव सन्तबहादुर लामिछानेको सञ्चालन, उपाध्यक्ष अग्रिम श्रेष्ठको स्वागत मन्तव्य, २५ औं वार्षिकोत्सव संयोजक राजेन्द्र रानाको धन्यवाद ज्ञापन तथा समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width

Recent Posts

भर्खरै