बजारमा प्रियाको ‘मनको भारी’

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८०
priya grgs

पोखरा । पोखराकी गायिका प्रिया गुरुङको मनको भारी सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द तथा अमीत गुरुङले संगीत भरेका छन् ।

संगीत संयोजनसमेत अमीतकै हो । उक्त गीतको म्युजिक भिडियोमा प्रियाको अभिनय रहेको छ ।

पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमलबहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रिया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् ।

यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रिया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् । बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन ‘सी’ ब्यान्डमा आबद्ध छिन् ।

Related News

सम्बन्धित समाचार

  • स्याङ्जाका कलाकार प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिए

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८०
    पोखरा । गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली नदी किनारमा मृत फेला परेका छन् । उनको मृत्यु के कति…
  • फेरि जाग्दै कन्दरा

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८०
    पोखरा । तीन दशकअघि देखि सांगितिक यात्रा सुरु गरेर बिचमा हराएको कन्दरा ब्यान्डले पुनरागमनको तयारी थालेको छ । पोखराबाट उदाएको…
  • ब्यान्ड कम्पिटिसनमा ‘द लिङ्कन’ ब्यान्ड प्रथम

    आदर्श समाज सम्वाददाता असाेज १३, २०८०
    पोखरा । इन्टरकलेज ब्यान्ड कम्पिटिसनमा पोखरा लिङ्कन कलेजको ‘द लिङ्कन’ ब्यान्ड पहिलो भएको छ । पोखरा सांगीतिक कलाकार संघ आयोजनामा…
  • पोखरेली ब्यान्ड पुनर्जागित हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा पचासको दशकमा ब्यान्डहरुको जगजगी थियो । तर, अहिले समयक्रमअनुसार अधिकांश सुस्ताए । लामो समय सुस्ताएको पोखरेली ब्यान्ड…
  • जादुयी स्वरकी धनी सिम्रन

    विजय नेपाल भाद्र ३०, २०८०
    पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख…

hero news full width