तमु सांस्कृतिक प्रतिष्ठानको सभा

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०८०
tamu

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको शनिबार २१ औं वार्षिक साधारणसभा भएको छ ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले कार्यक्रम उद्घाटन गर्दै संस्थाको काम प्रशासनिक रूपमा चुस्तदुरुस्त तरिकाले सार्वजनिक हुनुपर्नेमा प्रतिष्ठानले यो मान्यता र कार्यलाई इमानदारीपूर्वक निर्वाह गरेको बताए ।
गुरुङ साहित्यिक मञ्च नेपाल अध्यक्ष गौरी तमुले समुदायलाई हरेक क्षेत्रमा पहुँच पु¥याउन र विकास गर्न शिक्षा, सञ्चार र साहित्यमा अग्रसर हुनुपर्ने बताइन् । कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान विद्यार्थी समिति अध्यक्ष सुदीप तमु, तमु धीं नेपाल महिला समिति अध्यक्ष पवित्रा तमु, प्रतिष्ठान प्रथम उपाध्यक्ष श्रीजङ तमुले मन्तव्य राखेका थिए ।
संस्थाका आजीवन सदस्य मनकुमारी तमुले बावु केशबहादुर तमु र आमा वीरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको रकम १ लाख २५ र अक्षयकोष स्थापना गरेकी छन् । यस्तै, तमु समाज बेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र उनकी श्रीमती टीकादेवी तमुले पनि बुवा यमबहादुर र आमा मनकाउरीको स्मृतिमा अक्षयकोष रकम १ लाख २५ हजार प्रतिष्ठानलाई प्रदान गरे ।
कार्यक्रममा सचिव कञ्चन तमुले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । नवनियुक्त विद्यार्थी समिति अध्यक्ष सुदीप तमुलाई मूल समितिको पदेन सदस्यमा मनोनीत गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ । प्रतिष्ठान अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव भेषराज तमुले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width