पोखरामा डिलरमिट गर्दै क्लासिक म्याट्रेस

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८०
classic

पोखरा । क्लासिक इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित क्लासिक म्याट्रेसको डिलर मिट शुक्रबार पोखरामा हुँदैछ । साविक गण्डकी र धवलागिरिका डिलरलाई लक्ष्य गरी कार्यक्रम राखिएको क्लासिक इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले जानकारी दिए ।

इन्डस्ट्रिजका पोखरास्थित डिस्टिब्युटर गोविन्द शर्माका अनुसार यस क्षेत्रमा १ सय ६५ डिलर छन् । सबैजसो डिलरका सञ्चालक र प्रतिनिधि शुक्रबार होटल वाराहीमा हुने डिलर मिटमा सहभागी हुनेछन् ।

नेपाली उत्पादन क्लासिक ३४ वर्षदेखि बजारमा छ । यसले आयात त कम गरेको छ नै भारत र चीनमा समेत निर्यात हुन थालेका छन् । ‘देशभरको बजारमा क्लासिक म्याट्रेस लोकप्रिय बनिरहेको छ, बजारको माग अनुसार नयाँ नयाँ उत्पादन पनि गरिरहेका छौं,’ घिमिरेले भने । क्लासिक म्याट्रेसको कारखाना सिमरामा छ भने कर्पोरेट कार्यालय काठमाडौंमा छ । नेपाली स्पिङ म्याट्रेसका लागि क्लासिकलाई अग्रणी मानिन्छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्यकर तथा आरामदायी म्याट्रेस बजारमा ल्याउन कम्पनी सफल रहेको घिमिरेले बताए ।

कम्पनीले म्याट्रेसका अतिरिक्त पिभिसी फ्लोरिङ, बाथरुम म्याट्रेस, गलैंचाको गुणस्तरको रुम रग, फोम, सिरानी, सिरक लगायत सामग्री उत्पादन गर्दै आएको छ । यसका साथै बेडबेस समेत कम्पनीमा उत्पादन हुन्छ । उत्पादित सामान बिक्रीका लागि नेपालभर १ हजारभन्दा बढी आउटलेट रहेको उनले घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width