यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । पोखराकी सञ्चारकर्मी रोशनी क्षत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखराको न्युरोड नजिकै घर परिसरमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
घटनालगत्तै उद्धार गरेर उनलाई गण्डकी मेडिकल कलेजमा लगेर उपचार थालिएको थियो । सोमबारै हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइ पनि मौसमको खराबीका कारण सम्भव भएको थिएन । अवस्था जटिल हुँदै गएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
मंगलबार पौने १ बजेतरि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । एलिजाको मंगलबार नै पोस्टमार्टम गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०५५ मा पोखराकै भलाममा जन्मेकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा थिइन् । माछापुच्छ्रे एफएमबाट काम थालेकी उनले परिचय डटकम, अन्नपूर्ण एफएममा काम गरेकी थिइन् । हाल उनी पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । उनको १४ महिना पहिला बिहे भएको थियो ।
उनी चलचित्र पत्रकार संघ कास्कीको कार्यसमिति सदस्य हुन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार नै विज्ञप्ति निकालेर कार्यसमिति सदस्य क्षत्रीको निधनले मर्माहत र स्तब्ध भएको जनाएको छ । अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले विज्ञप्ति जारी गरी कार्यसमिति सदस्य भएर संस्थाप्रति पुर्याएको योगदानको प्रशंसा गर्दै संघले स्मरण गरिरहने उल्लेख गरेका छन् ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु
काठमाडाैंबाट पोखरा आउँदै गरेको बस धादिङमा दुर्घटना, ८ को मृत्यु, १७ घाइतेको उद्धार
दाउन्नेमा बस दुर्घटना, २९ जना घाइते
नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउने काम जारी
कागबेनीको बाढी : गेग्रान खोतल्दा डेढ करोड भेटियो
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०