नारायणगढ–मुग्लिन सडकखण्डमा १७ घन्टापछि यातायात सेवा सुरु

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०८०
mugling

तस्बिर: फाइल

पोखरा ।  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि १७ घन्टापछि यातायात सेवा सुरु भएको छ ।  सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडकमा दुईतर्फी यातायात अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन ४ मेसिन लगातार प्रयोग गरेर १ बजेतिर यातायात सेवा सुरु भएको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।  हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको थियो ।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए ।  ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले अनुरोध समेत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै