काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
हाल मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा दिउँसोपछि थोरै पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
यसैगरी पर्सी सोमबार देशका विभिन्न भागमा आज र भोलिको तुलनामा पानी पर्ने गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष गरी दिउँसोको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी सम्भावना रहेको र रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तनको लडाइँको नेतृत्व नेपालले गर्नुपर्छः मुख्यमन्त्री
कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री दाहाल
वर्षा र हिमपातको सम्भावना
जलवायु परिवर्तनको असर झेल्दै मुस्ताङवासी
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०