विक्रमको दोस्रो सिर्जना बजारमा

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८०
farki heryau

पोखरा । गीतकार विक्रम पौडेलले तीजेगीत ‘फर्की हेर्‍यौ ..’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल विक्रम पौडेलमार्फत उनले गीत दर्शकस्रोता माझ ल्याएका हुन् । गीतमा गायक राजन कार्की र शान्ति श्री परियारले स्वर दिएका छन् । सुमन केसी, अस्मिता रनपाल र प्रिन्स लम्सालको अभिनय रहेको उक्त गीतको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गीत दर्शक स्रोताको रोजाइमा परेको गीतकार पौडेलले बताए ।

कुलेन्द्र विक र शान्ति श्री परियारको स्वरमा रहेको उनको पहिलो सिर्जना ‘बैंसालु नजरैमा…’ त्यति सफल हुन सकेको थिएन ।

‘फर्की हेर्‍यौ…’डान्सिङ गीतका रुपमा रहेको छ । कास्कीका पर्यटकीय क्षेत्रको दृश्य यहाँ देख्न सकिन्छ । स्र्रोतादर्शकको माया पाएकाले गीत संगीतमा लाग्न थप प्रेरणा मिलेको सर्जक पौडेलले बताए । उनले भने, ‘पहिलो गीत सफल बन्न सकेन, दोस्रो गीतमा दर्शक स्रोताले साथ दिनुभएको छ । टिकटकमा त झन् धेरै रुचाइएको छ ।’ पौडेल पोखरामा शैक्षिक क्रियाकलापमा समेत सक्रिय छन् ।

Related News

सम्बन्धित समाचार

  • जादुयी स्वरकी धनी सिम्रन

    विजय नेपाल भाद्र ३०, २०८०
    पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख…
  • सानै उमेरमा कलाकार बन्ने रहर

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८०
    पोखरा ।  कक्षा ७ का विकल विक बेलुन फुक्दै थिए । उनी साना भाइबहिनीजस्तो खेलाउन बेलुन फुकेका थिएनन् । महिलाको…
  • पोखरा थिएटरमा पाठ्यक्रम लक्षित नाटक

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०८०
    पोखरा । पोखरा थिएटरमा कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश…
  • इन्द्रधाराको ‘मुस्ताङे नानी’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार २९, २०८०
    पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘मुस्ताङे नानी’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।…
  • पोखराका देवेन्द्र न्यु लुक मिस्टर नेपालका प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता असार २८, २०८०
    पोखरा । दीपेन्द्र शाही (देवेन्द्र) यतिखेर न्यु लुक मिस्टर नेपाल–२०२३ को प्रतिस्पर्धामा छन् । ४० दिनको तालिमसँगै आगामी ६ साउनमा…

hero news full width