प्रहरी इन्चार्ज पौडेल मृत्यु प्रकरण : विवादपछि होटेल सञ्चालकले टाउकोमा हानेर ढलाए अनि घाँटी अँठ्याए

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०८०
hatya-aviyog

पोखरा । होटेलमा खाजा खान गएका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेललाई होटेल सञ्चालकले टाउको हानेर घाइते भएपछि कपडाले घाँटी अठ्याएर मारेको प्रारम्भिक अनुमानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार विज्ञप्ति निकालेर होटेलमा पसेका पौडेलको र होटल सञ्चालक आशा कुँवरका आमा छोरासँग बिबाद हुँदा उनीहरुले टाउकोमा प्रहार गरेको जनाएको छ ।

टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुइँमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाइ राखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवर मंगलबार नै पक्राउ परेका छन् ।

पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा पौडेलको शव पोस्टमार्टमको लागि पोखरा ल्याइएको छ ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज सोमबार राति मृत फेला परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width