पत्रकार खेम सारु पुरस्कृत

आदर्श समाज सम्वाददाता
श्रावण १, २०८०
kaura prize 1

पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट खेम सारुमगर पुरस्कृत भएका छन् ।

नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारितामार्फत उजार गरेकोमा रेडियो नेपालमा कार्यरत सारुमगरलाई आइतबार पुरस्कृत गरेको हो ।

उनलाई गण्डकी प्रदेशसभा उपसभामुख बिनाकुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् । उनले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् ।

पुरस्कृत व्यक्तित्वले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउँदै उत्प्रेरणा मिलेको बताए । उनले रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएका छन् ।

पुरस्कारको लागि नेपाल मगर पत्रकार संघ केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width