लमजुङमा कोरा साइकल च्यालेन्ज दौड

आदर्श समाज सम्वाददाता
असार ३१, २०८०
Cycle 80 4

लमजुङ । लमजुङमा कोरा साइकल च्यालेन्ज दौड सम्पन्न भएको छ । लमजुङ साइकल संघको व्यवस्थापनमा सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपाल काठमाडौंको संयुक्त आयोजनामा भएको दौड सुन्दरबजारबाट सुरु भइ सदरमुकाम बेंसीसहरमा आएर समापन भएको हो ।
काठमाडौं लमजुङका संयोजक एवं लमजुङ साइकल संघका सदस्य सञ्जित घिमिरेका अनुसार प्रतियोगीले निर्धारित ३८ किलोमिटर दुरी पार गर्न लगाइएको थियो । उनले भने, ‘यो दौड पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, नयाँ पुस्तालाई साइकल चढ्नु पर्छ भन्ने सन्देश दिँदै लमजुङका धार्मिक स्थलको समेत प्रचारका लागि गरिएको हो ।’

प्रतियोगितामा ३८ किलोमिटर दुरी तोकिएको थियो

सो साइकल दौड सोही नगरपालिका–८ भोटेओडार हुँदै दोर्दी गाउँपालिका–१ को बेलाघारी, सोही पालिका– २ को अर्चलबोट, वडा ३ हुँदै दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरामा पुगेको थियो । त्यहाँ खानापछि टोली बेंसीसहर– ११ रामचोक बेसी हुँदै सोही नगरपालिका–१ उदीपुर कालिका, फलियाँ साँघु, वडा २ तालबाराही हुँदै वडा ३ बोहराबेसी, रानी कुवा, मजुवा खोलाबाट सोही नगरपालिका– ८ को सेराचोक हुँदै भीमसेन स्थानमा पुगेर समापन भएको हो । जसमा ३३ धावकले भाग लिएका थिए ।

कोरा च्यालेन्जको यस वर्षको नारा ‘अब हाम्रो पालो’ थियो । केही मानिसहरू आफू खुसी पनि दौडमा सहभागी हुन आएका थिए । साइकल च्यालेञ्ज कुनै प्रतियोगिता नभएर एउटा निश्चित दुरीमा गरिने र तोकिएको निश्चित दुरी पार भइसकेपछि समापन कार्यक्रममा सहभागीलाई प्रोत्साहनका लागि मेडल प्रदान गरिएको थियो ।

कोरा भन्नाले तिब्बतीयन भाषामा कुनै पनि धार्मिक स्थलमा परिक्रमा गर्नु भनेर बुझिन्छ । सन् २०११ मा पहिलोपटक ३५ जना साइक्लिस्टहरू मिलेर ५० किलोमिटरको प्रति किलोमिटर १ सय रुपैयाँका दरले उठाएर सो रकम सामुदायिक कार्यमा सहयोग पु¥याएका थिए । त्यसपछि प्रत्येक वर्ष कुनै न कुनै नाराका साथ सञ्चालन हुँदै आएको संयोजक घिमिरेले बताए ।

यस्तो दौड प्रतियोगिता लमजुङसहित मुलुकका १८ जिल्लामा सञ्चालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width