कपडा व्यवसायी एसोसिएसनको रक्तदान

आदर्श समाज सम्वाददाता
असार ३१, २०८०
kapada 1

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५२ युनिट रगत संकलन भयो ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवन प्रजापति कार्यक्रम उद्घाटन गर्दैव्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले यसखालका गतिविधिले कपडा व्यवसायी एसोसिएसन पोखरा उद्योग वाणिज्य संघको उत्कृष्ट वस्तुगत संघ रूपमा स्थापित भैसकेको बताए । उनले बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सहसमादेशक प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी संघ कास्की अध्यक्ष जीवनप्रकाश श्रेष्ठ, थोक व्यवसायी संघ अध्यक्ष टीकाराम सुवेदी, कस्मेटिक व्यवसायी संघ अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यावसायिक समस्याको समाधानका लागि एकीकृत प्रयासमा जोड दिए ।

एसोसिएसन अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेल र सञ्चालन संस्थाका सचिव एवं कार्यक्रमका संयोजक पूर्णबहादुर थापाले गरेका थिए ।

कार्यक्रम रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width