घट्यो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य

आदर्श समाज सम्वाददाता
असार ३१, २०८०
petrol

पोखरा । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ तथा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको हो ।

ग्यासको मूल्य अब प्रतिसिलिन्डर १ हजार ७ सय ९० रुपैयाँ पर्नेछ । पेट्रोलको मूल्य अब काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । निगमले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १ सय ४६ रुपैयाँ पर्नेछ ।

यसैबीच, आइतबार राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागु हुने भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले साउन १ बाट सो व्यवस्था लागु गर्ने निर्णय गरेको हो । यसअघि पनि स्वचालित मूल्य लागु भए पनि कार्यान्वयन भएको थिएन । तर आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ ।

हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने निगमका महाप्रबन्धक उमेश थानीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width