जबर्जस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

आदर्श समाज सम्वाददाता
असार २४, २०८०
jail prison
दमौली। तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।
यही असार १३ गते मुद्दा फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले कुँवरलाई ६ लाख जरिवाना र १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ ।
निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७/७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।
१४ वर्षीया बालिकालाई विसं २०७७ मंसिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मंसिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width