उज्यालो बन्दै सराङकोट

आदर्श समाज सम्वाददाता
असार २२, २०८०
sarangkot

हेमजा । पोखरा १८ सराङकोटलाई उज्यालो बनाउन अभियान सुरु गरिएको छ । जसअन्तर्गत वडा कार्यालयले शुक्रबार त्यहाँस्थित टोल विकास संस्थालाई सडक बत्ती हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, उज्यालो वडा अभियानका संयोजक समेत रहेका वडा सदस्य रमेश थापा तथा वडा सदस्य नमराज सुवेदीले टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिलाई सडक बत्ती हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा वडामा रहेका ३० टोल विकास संस्थालाई ४ वटाका दरले सेन्सर सडक बत्ती हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भनाइ राख्दै वडाध्यक्ष तिमिल्सिनाले वडाका सबै भूगोललाई समान महŒव दिई बत्ती वितरण गरेको स्पष्ट पार्दै उज्यालो वडा अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए । उनले सबैको सहयोगबाट अभियान छिट्टै सफल हुने विश्वास व्यक्त गर्दै अभियानसँगै चोरी डकैतीमा घटनामा कमी आउने विश्वास समेत लिए ।

अभियानका संयोजक वडा सदस्य रमेश थापाले आफूहरूको कार्यकालमा उज्यालो वडा अभियानलाई पूर्णता दिने लक्ष्य रहेको स्पष्ट पार्दै बत्ती समुदायको हितमा प्रयोग हुनुपर्ने औंल्याए ।

वडा सदस्य नमराज सुवेदीले सडक बत्तीको प्रयोग एवं प्रभावकारिताबारे अनुगमन गरिने स्पष्ट पार्दै टोललाई सभ्य बनाउने दायित्व स्वयं टोलवासीको भएको धारणा राखे ।

उज्यालो सराङकोट अभियानअन्तर्गत चालु आवमा विनियोजित ७ लाख बजेटबाट वडाले बत्ती वितरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width