पोखराको मदरल्याण्डका २ विद्यार्थीले ल्याए जिपिए ४

आदर्श समाज सम्वाददाता
असार २१, २०८०
motherland 2

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याउन सफल भएका छन् । विद्यालयबाट परीक्षामा सम्मिलित १ सय ५१ परीक्षार्थीमध्ये २ जनाको जिपिए ४ सहित ३.६ देखि ४ जिपिए ल्याउने बहुसंख्यक विद्यार्थी हुन् ।

विद्यालय प्राचार्य नारायण बरालका अनुसार जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएका हुन् । मदरल्याण्डमा सानैदेखि पढ्दै आएका उनीहरु पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन नदीपुरका हुन् भने सुदेश बिरौटा बस्छन् ।

उनका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ४६ जना, २.८ देखि ३.२ जिपिए ३१ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने २ जना विद्यार्थी हुन् ।

२०७५ सालको एसइईमा पनि मदरल्याण्डकै ७ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए ।

पोखराको मासबारस्थित मदरल्यान्ड माध्यमिक विद्यालय पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्न सफल भएको छ । यसको गतिलो उदाहरण हो–यसै वर्ष यहाँबाट उत्तीर्ण १४ विद्यार्थीले विश्वमा नाम चलेका विश्वविद्यालय तथा कलेजबाट उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् ।

यस वर्ष कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width