पोखरा चौतारीमा सागर

आदर्श समाज सम्वाददाता
असार २०, २०८०
357742930_3464777667104015_1589284881574206313_n

पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीमा लायन वर्ष २०२३/२४ का सागर ऐर अध्यक्षमा चयन भएका छन् । क्लब प्रथम उपाध्यक्षमा परशुराम पौडेल, द्वितीय उपाध्यक्ष उत्तम केसी, तृतीय उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव विनय आचार्य, कोषाध्यक्ष केवल गिरी, मार्केटिङ चिफ किरण सापकोटा चयन भए ।

निर्वाचन प्रोग्राम को–अर्डिनेटर पुरुषोत्तम पराजुलीले क्लबले लायन्स अन्तर्राष्ट्रियको मर्म अनुरुप सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । वर्ष २०२२/२३ का अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु हरिहर सापकोटा, कुमार बास्तोला, विश्व बिजुक्छे लगायतको शुभकामना दिए ।

सो अवसरमा क्लबले मानवसेवा आश्रममा सहयोग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width