भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला  एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
prachanda

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलनमा निरन्तर खारिएको नेतृत्वको पहलकदमी र वैचारीक लामो संर्घर्षबाट खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए । उनले युद्ध देखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिने निर्णयमा पुगेको समेत बताए । सरकारले सुसासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको बताए ।

सरकारले नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलेन नयाँ अभियान र नयाँ सस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको प्रधानमन्त्रीले बताएका छन् । जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुसासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको प्रधानमन्त्रीले बताए । विचार,राष्ट र जनताको निम्ति नयाँ सकल्पका साथ लागेको बताए । प्रधानमन्त्री प्रचण्डले भने १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं ।

हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं। प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताएका छन् । उनले भने, जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं । प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए।

उनले भने, संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् । आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ ।

यहाँसम्म आउँदा जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले सहितका सपना पूरा गर्नका लागि पनि आफूहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए। उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरे । किष्ण सने इच्छुक क्रान्तिकारी विचार र निष्ठा भएका क्रान्तिकारी साहित्यकार तथा पत्रकार भएको भन्दै कृष्णसेनको स्मरण गरे ।

उनले भने कृष्णसेन पद प्रतिष्ठा र व्यक्तिगत लाभ हानीलाई नहेरी निष्ठामा अगाडी बढ्ने योद्धा हुनुहुन्थ्यो । एकपटक मैले उहाँलाई केन्द्रीय समितिमा प्रस्ताव गर्दा अर्को कामरेडलाई त्यो जिम्मेवारी दिन आग्रह गर्नुभयो । पार्टीमा तिब्र वैचारिक बहस र छलफल चल्दा कृष्णसेन जहिले पनि क्रान्तिकारी कित्तामा लाग्नुभयो । जेलनेलको यातना भोग्दा पनि कहिल्यै डगमगाउनु भएन । कृष्णसेनलाई नेपाली समाजले प्रेरणाको रुपमा लिने गरेको समेत बताए । विचार निष्ठाप्रतिको त्याग नै कृष्णसेन इच्छुक प्रतिको सहि सम्मान हुने प्रधानमन्त्रीको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width