पोखरा । पेलिकन्स क्रिकेट क्लब, तनहुँले लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० जितेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार फाइनलमा आयोजक अरण्यज्योति क्रिकेट क्लबलाई ६९ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । जितसँगै तनहुँले ८० हजार तथा उपविजेताले ४० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरे ।
पहिला ब्याटिङ गरेको तनहुँले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पा¥यो । तनहुँको पारीमा प्रतीक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा ईश्वर क्षत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतिका बलरहरु अमरसिंह राउटेला र विधान श्रेष्ठले समान २–२ विकेट लिए । प्रत्युत्तरमा अरण्यज्योतिको पारी ११९ रनमा समेटिएको थियो । अरण्यज्योतिका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेस्ट व्याट्सम्यान घोषित भए । युनिषविक्रमसिंह बेस्ट बलर बन्दा प्रतीक श्रेष्ठ म्यान अफ द फाइनल भए । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
विजयी खेलाडीलाई लुम्बिनी विकास बैंकका सञ्चालक रामचन्द्र सिग्देल, नेपाल क्रिकेट संघका सदस्य क्रषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी सल्लाहकार विनोद लामिछाने लगायतले पुरस्कार वितरण गरे । आयोजक क्लब अध्यक्ष कमल थापाले प्रतियोगिता सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गरे । क्रिकेट खेलाडी विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०