आयुर्वेद स्वास्थ्य शिविरमा ३६२ लाभान्वित

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८०
Health Shivir Ayurvedic

स्याङ्जा । स्वास्थ्य मानिसको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने नाराका साथ अर्जुनचौपारी गाँउपालिकाले निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुरु गरेको छ ।

गाँउपालिकाको आयोजनामा गरिएको शिविरमा ३ सय ६२ जनाको स्वास्थ्य परीक्षणसहित औषधी वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीयरुपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरी आफ्ना पालिकाबासीको स्वास्थ्यमा ख्याल राख्नेगरी आयआर्जनमा समेत जोडिने वातावरण बनाउने बताए ।

स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको पालिकाले सोही बमोजिम गाउँपालिकावासीका स्वास्थ्य परिक्षणका काम गरिरहेको जनाए ।

उनले सोही शिविरको सुभारम्भ अर्जुनचौपारी — १ निवासी ९६ वर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र आयुर्वेद डा. उत्सव पोैडेललाई बिपी सेट हस्तान्तरण गरे ।

शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समीक्षा लामिछानेसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण साथै औषधी वितरण गरेको थियो ।

शिविरमा आएकामध्ये अधिकांश पेट, छाती सम्बन्धी दुखाइ भएका, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको संख्या बढी रहेको आयुर्वेद शाखा प्रमुख ललित थापाले जानकारी दिए । उनका अनुसार पालिकामा २ वटा आयुर्वेद औषधालय छन् भने साप्ताहिकरुपमा ९ स्थानबाट घुम्ती शिविरको रुपमा टोल टोलमा पुगेर सेवा उपलब्ध गराइन्छ ।’

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते

    विजय नेपाल जेठ १४, २०८०
    पोखरा । यस वर्षको बर्खा सुरु हुन लागिसकेको छ । बर्खा सुरु हुन लाग्दा मौषमजन्य घटनाको जोखिम पनि उत्तिकै हुने…
  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • लेखनाथमा धिमे बाजा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खलः को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम…
  • पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको…

hero news full width