बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनकाे क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७९
bishal bajar

पोखरा।  बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले २०८० सालको टेबल क्यालेन्डर विमोचन गरेको छ ।

संस्थाका अध्यक्ष केशवबहादुर खत्रीले क्यालेन्डर विमोचन गरेका हुन् । उनले बुद्व विशाल बजारमा ग्राहकवर्गलाई देखिएको पार्किङ समस्या चाँडै नै समाधान गर्न लागिएको जानकारी दिए ।

एसोसिएसन उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समिति संयोजक इन्द्रराज अर्यालले संस्थालाई चलायमान बनाउन एसोसिएसनले नियमित कार्यक्रम गर्दै आएको बताए ।

एसोसिएसन महासचिव बुद्धिबहादुर कुँवरले एसोसिएसन यो वर्ष आफ्नो रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको बताउँदै रजत महोत्सवको अवसरमा एसोसिएसनले स्मारिका प्रकाशन गर्न लागेको जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width