यातायात मजदुरलाई प्रशिक्षण

प्रशिक्षणपछि दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको विश्वास

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७९
yatayat

पोखरा । सडक लेनको पालना नगर्दा दुर्घटना बढेको निष्कर्षसहित पोखरा यातायात प्रालिको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय कास्कीले यातायात मजदुरका लागि प्रशिक्षण दिइएको छ ।
सवारी चालकलाई ट्राफिक नियमबारे जानकारी नहुने तथा लापरबाहीका कारण सडक दुर्घटना हुने गरेकाले कास्की ट्राफिक यातायात मजदुरका लागि प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा पोखरा यातायात प्रालिमा आबद्ध साढे ३ सय बसका चालक र सहचालक गरी ७ सय मजदुरहरु सहभागी थिए ।

लेन अनुशासनको पालना, यात्रुसँग गर्नुपर्ने व्यवहार, चालकले मोबाइल फोन प्रयोग गर्दा हुनसक्ने जोखिम, अन्य सवारी साधनलाई बाटो नछोडिदिादा हुन सक्ने दुर्घटना, चालकको काम, कर्तव्य र अधिकारबारे वरिष्ठ प्रहरी सहायक निरीक्षकद्वय शिवप्रसाद पाठक र प्रवीण आचार्यले प्रशिक्षण दिएका थिए ।

वरिष्ठ सई होतबहादुर रोक्काले लागुऔषधविरुद्ध सचेतना, नागरिक अगुवा रामबहादुर पौडेलले नागरिकका गुनासा र अपेक्षाबारे मजदुरलाई सचेतना दिए । प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ र पदाधिकारी देवीप्रसाद कुइँकेल र सूर्य गुरुङले कम्पनीको नीति नियमबारे प्रष्ट्याए । कार्यालयका प्रमुख एवं अधिवक्ता जीवनप्रसाद पौडेलले नियमकानुनबारे सहजीकरण गरेका थिए । प्रशिक्षण एक हप्तासम्म चलेको प्रालिका पदाधिकारी कुइँकेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width