भंगरा पोखरा सम्पर्क समाजको क्यालेन्डर

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७९
bhangara

पोखरा । भंगरा पोखरा सम्पर्क समाजको क्यालेन्डर शनिबार विमोचन गरिएको छ । पर्वतको फलेवास नगरपालिका –९ साविकको भंगरा गाविसबाट पोखरा आएर पेसा गर्दै आएकाहरुको संस्था हो समाज ।

गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले शनिबार एक कार्यक्रमबीच आगामी वर्षको क्यालेन्डर विमोचन गरेकी छन् । सांसद गुरुङले गुरुङले संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै सकरात्मक सोचले सफलता प्राप्त हुने, संस्थामा राजनीतिभन्दा माथि रहेर निस्वार्थ भावनाका काम गर्न आग्रह गरिन् ।

उक्त अवसरमा सांसद गुरुङलाई सम्मान गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा पूर्व मेजर गणेशबहादुर क्षेत्री, पूर्व डिएसपी गिरिधारि शर्मा, चार भञ्ज्याङ तमु समाजका अध्यक्ष गणेशबहादुर गुरुङ, अग्रज लायन रुद्र कार्की, ज्ञानुबाबा आवासीय माविका प्रिन्सिपल कृष्णबहादुर गुरुङ र सल्लाहकार ओमबहादुर पौडेल लगायतले शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष खड्कबहादुर पौडेलले पोखरामा बसोवास गर्ने भंगारेलीलाई आपसी चिनजान, सरसहयोग आदान प्रदान गर्न समाजले पुलको काम गरिरहेको बताए । २०७४ सालमा स्थापना भएको समाजले हरेक वर्ष क्यालेन्डर प्रकाशन गरेर निशुल्क वितरण गर्दै आएको समाजका कोषाध्यक्ष चन्द्रबहादुर पौडेलले बताए ।

संस्थाका अध्यक्ष खड्कबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष देवबहादुर क्षेत्रीले स्वागत र सचिव अग्निप्रसाद भुसालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width