सशस्त्रका १५१ जवान दीक्षित

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७९
sashastra police news

पोखरा । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा दीक्षान्त समारोह शुक्रबार सम्पन्न भयो ।

नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटार, चितवन र हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमको संयुक्त दीक्षान्त समारोह भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव स्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले तालिममा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्दै प्राप्त ज्ञान, कला र कौशललाई तिखार्दै लैजानुपर्नेमा जोड दिए । उनले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्ने बताए । अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्र अवसर र चुनौतीको संगमस्थल भएको बताए ।

इमानदारिता र व्यावसायिकतालाई अवलम्बन गरी राष्ट्र र जनताप्रति पूर्ण निष्ठावान् रही सेवा गर्नुपर्ने आवश्यकता औंल्याए ।

समारोहमा समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपक अधिकारीले सपथ ग्रहण गराएका थिए । यसैगरी सशस्त्र प्रहरी निरीक्षक गणेशप्रसाद आचार्यले प्रतिवेदनसहित तालिमसम्बन्धी जानकारी गराए ।

कार्यक्रममा प्रहरी जवानहरूको कवाज प्रदर्शन तथा ब्यान्ड टोलीको प्रस्तुति रहेको थियो । कार्यक्रममा १ सय ५१ जना दीक्षित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width