पद्मावती हस्तकला उद्योगमा अस्ट्रेलियाका महिला उद्यमी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
sip bikas

पोखरा । अस्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्र बैंक चोकस्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन् ।

अस्ट्रेलियाको फेयर ट्रेड डाउनअन्डरका सञ्चालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्ससहित ७ जनाको टोलीले हस्तकला सामग्रीको बारेमा जानकारी लिएको हो । अवलोकनका क्रममा क्यारोलेन डान्सले नेपालका महिला सिर्जनात्मक, निकै मिहिनती लागेको बताइन् । उनले भनिन् ‘हामीले पोखराका केही हस्तकला उद्योगको अवलोकन ग¥यांै, यहाँका महिला निकै सिर्जनात्मक मिहिनती हुनुहुँदोरहेछ, खेर जाने सामानहरुको उच्चतम तरिकाले सदुपयोग गरेर निकै आकर्षक सामग्री बनाएको पायांैं ।’

यसैगरी अर्का उद्यमी जिलियनले कुलेले अस्ट्रेलियामा विशेष गरी घरमा सजाउन बढी मात्रमा हस्तकलाका सामग्री प्रयोग हुने जानकारी दिइन् । उनले अरुहरुको सहयोगको लागि हस्तकला उद्योग खोलेको जानकारी दिँदै आफ्नो देशमा निकै सिमित महिला मात्र हस्तकलामा रुची राख्ने र अरु पेसा व्यवसाय गर्ने महिला बढी भएको जानकारी दिइन् ।

पद्मावती हस्तकला उद्योग महिला उद्यमी हीरा भट्टराईले २०६३ सालमा पोखराको राष्ट्रबैंक चोकमा स्थापना गरेकी हुन् । यस उद्योगबाट बाबिया, मकैको खोस्टा, गहुँको नल, जलकुम्भी, ऊनी धागो, बाँसका चोया, फ्रेब्रिक लगायतका कच्चा पदार्थबाट झण्डै ५० बढी प्रकारका सामग्री उत्पादन हुँदै आएका छन् । हुने भट्टराईले जानकारी दिइन् । उनका अनुसार उद्योगबाट उत्पादित हस्तकलाका सामग्री र देशका विभिन्न जिल्लाबाट उत्पादन भएका सामग्री ‘नेपाल कोसेली घर’ बाट बिक्री हुँदै आएको छ ।

विशेषगरी मकैको खोस्टाबाट बनेका मोडा आन्तरिक तथा विदेशी पर्यटकले बढी मन पराउने गरेका छन् । उद्योगमा ४ जना प्रत्यक्ष र करिब १५ जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कच्चा पदार्थ लगेर घरघरमा साग्रगी तयार गरेर महिलाले ल्याउने गर्छन् । सामानको उत्पादन हेरेर सोही अनुसारको ज्याला दिने गरेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width