क्षयरोग नियन्त्रणमा लक्ष्य भेटाउनै कठिन : स्वास्थ्य प्रमुख शर्मा

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
TB

स्याङ्जा । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले अझै पनि ५० प्रतिशत क्षयरोगी पहिचान गर्न कठिनाइ भएको बताएकी छन् । विश्व क्षयरोग दिवसका अवसरमा उनले स्याङ्जामा ५ सय ५९ जना क्षयरोगी पहिचान गर्ने लक्ष्य रहेकोमा गतवर्ष २ सय ८६ जनामात्र पहिचान गर्न सकिएको उल्लेख गरिन् । यसवर्ष भने साउनदेखि फागुनसम्म १ सय ६४ को पहिचान भएको छ ।

जन्मेदेखि १४ वर्ष उमेरका बालबालिकामा क्षयरोग देखिएको छ । तीमध्ये ६४ प्रतिशत पुरुष र ३७ प्रतिशत महिलामा क्षयरोग देखिएको हो ।

सरकारले सन् २०३० सम्ममा प्रतिलाख २० जनाभन्दा कम र सन् २०५० सम्ममा प्रति १० लाख १ जनाभन्दा कममा क्षयरोगी बनाउने गरी सुरु गरेको अभियानलाई कार्यान्वयनमा अघि बढेको प्रमुख शर्माको भनाइ छ ।

नेपालमा क्षयरोग उन्मुलन गर्ने लक्ष्यसहित सरकारले विविध कार्यक्रम गर्दै आएको छ । जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेकोे वालिङमा विशेष परियोजना सञ्चालन गरेर क्षयरोगका बिरामी पत्ता लगाउने विशेष अभियान सञ्चालनमा छ । वालिङमा ५५ जना छन् ।

यसवर्षको तथ्यांकअनुसार पुतलीबजार नगरपालिकामा २४, गल्याङमा २१, भीरकोटमा १४, चापाकोट १३ र कालीगण्डकी गाउँपालिकामा १०, बिरुवामा ८, अर्जुनचौपारीमा ७, हरिनासमा ५, आँधीखोलामा ५ र फेदीखोलामा ३ जनामा क्षयरोग पहिचना भएको छ । श्वासप्रश्वासका माध्यमबाट सर्ने हुँदा स्वास्थ्य सतर्कता अपनाउन र क्षयरोगका लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा आउन तथा पठाउन उनले सुझाव दिइन् ।

कार्यक्रममा स्वास्थ्य अधिकृत विष्णुप्रसाद सुवेदी र मित्रलाल अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष दिनेश अर्याल, पुतलीबजार स्वास्थ्य अधिकृत अनिषा सुवेदीलगायतले क्षयरोगको पहिचान र निदानका लागि सचेतनामूलक कार्यक्रम सँगसँगै खानपानमा समेत ध्यान दिनुपर्ने सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width