अञ्जुली बोर्डिङको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
Anjali

पोखरा । अञ्जुली आवासीय माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेमा दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजन खत्री, कृष्णबहादुर मल्ल सम्मानित भए ।
शैक्षिक प्रशासनतर्फ प्रधानाध्यापक सुनीता कुँवर केसी, परीक्षा संयोजक खेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण पौडेल, विद्यालयका गतिविधि सञ्चालनतर्फ प्रेमनारायण ढकाल, नृत्य प्रशिक्षक रवीन्द्र गुरुङ, लेखा शाखा पार्वती पुनलाई सम्मान गरिएको थियो ।

विद्यालयको आवास कर्मचारीतर्फ शिव बस्याल, माया रोका र रवीन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र दोसल्लले सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षाको क्षेत्रमा विद्यालयले उत्कृष्टता हासिल गरेको बताए । ‘यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विदेशमा गएर पनि छात्रवृत्तिमा नाम निकालेर पढेको अभिलेख पाइयो,’ सुवेदीले भने,‘त्यसैले यस विद्यालयको पढाइ विश्वस्तरको छ भन्ने प्रमााणित हुन्छ ।’ उनले आगामी दिनमा पनि विद्यालयको उत्कृष्टतालाई कायम राख्न विद्यालय प्रशाशन लागरहनुपर्ने सुझाव दिए ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सहभागिता उत्कृष्टता रहेको बताए । प्रधानाध्यापक सुनीता कुँवर केसीले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन पेस गरेकी थिइन् ।

विद्यालयका संस्थापक निर्देशक राजु केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद अधिकारी, युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङ, अभिभावक वैकुण्ठरमण पराजुली, भूपू विद्यार्थी डा.यज्ञराज अधिकारी, शिक्षक प्रेमनारायण ढकाल, लक्ष्मण पौडेल, विद्यार्थी कृतिका तिम्सिना, दृश्या पौडेललागयतले बोलेका थिए ।

विद्यालयमा हाल ५ सय ५० विद्यार्थी र ३६ जना कर्माचारी छन् । वार्षिकोत्सव समारोहमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width