प्रतिभामा शैक्षिक प्रदर्शनी

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७९
prativa school

पोखरा । प्रतिभा मावि, नदीपुरले शुक्रबार शैक्षिक प्रदर्शन तथा सांगीतिक कार्यक्रम गरेको छ । वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) ले विद्यार्थीको आन्तर्निहित क्षमताको कदर गर्दै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निर्माणबाट आफू अत्यन्त खुसी भएको बताए । विद्यालयले पनि विद्यार्थीको प्रतिभा र क्षमता बुझेर बेलाबेलामा यस्ता प्रदर्शनी गर्नुपर्ने सुझाव दिए ।

प्रदर्शनीमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । यसैगरी आइएनजी गु्रपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेन्ड टिचर नामक गु्रपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबद्र्धक सामग्री प्रस्तुत गरेको थियो ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीले आपूmमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निर्माणले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने बताए । आगामी फागुन २६ मा पोखरा सभागृहमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । कार्यक्रममा ख्यातिप्राप्त मोटिभेटर रवि कटुवालले प्रशिक्षण दिने तथा रचना रिमालको सांगीतिक प्रस्तुति रहने छ ।
विद्यालय सञ्चालन समिति अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माइ सेकेन्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थी सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने गण्डकी प्रदेशस्तरीय नाटकमा उत्कृट भएको ‘राजधानीको यात्रा’ नाटक पनि मञ्चन भएको नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग