लक्ष्मी आवासीयको ३६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७९
LA School 1

पोखरा । पोखराको न्युरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक सम्पन्न भएको छ । समारोह प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले उद्घाटन गरे । उनले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको भन्दै विद्यालयले मात्रै नभई अभिभावकहरुले पनि विद्यार्थीहरुलाई व्यावहारिक तथा संस्कारयुक्त बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेलले स्थापनाकालदेखि अहिलेसम्म विद्यालयको गतिविधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यावहारिक शिक्षाबाट आफू प्रभावित भएको बताए । विद्यालयका प्राचार्य शालिकराम अधिकारीले विद्यालयको वर्तमान गतिविधका साथै आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

विद्यालयका संस्थापक निर्देशक लीलावती प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षिका रमा पौडेल, अभिभावकको तर्फबाट डा. निभा अमात्य, चाटर्ड एकाउन्टेन्ट तथा प्रिज्म एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक अमीत थापा लगायतले बोलेका थिए । विद्यालयका सह–प्राचार्य तथा कार्यक्रम संयोजक नवराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक सदस्य मित्रलाल पौडेलले धन्यवाद ज्ञापन गरे ।

यसैबीच शैक्षिक सत्र २०७७÷२०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलपका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width