हिमालय माविले स्वर्ण महोत्सव मनाउने

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७९
himalaya mavi

पोखरा । पोखरा २० मौजा स्थित हिमालय माविले स्वर्ण महोत्सव मनाउने भएको छ । २०२८ सालमा स्थापना भएको विद्यालयले फागुन ९, १० र ११ गते विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सु. हुमबहादुर गुरुङले जानकारी दिए ।

स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत फागुन ९ गते उद्घाटनसहित स्थानीय झाँकी प्रदर्शन, विभिन्न जातजातिका भेषभूषासहित सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी गरिनेछ । फागुन १० गते राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति रहनेछन् भने फागुन ११ गते अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम, स्थानीय आमा समूह, युवा क्लबलगायतका मनोरञ्जनात्मक प्रस्तुतिसहित समापन गरिनेछ । सोही समारोहमा पुरस्कार वितरण तथा सम्मान गरिने तय भएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width