गौरीशंकरमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
gaurishanker campus progrem photo

हेमजा । गौरीशंकर बहुमुखी क्याम्पसमा शुक्रबार विविध कार्यक्रम गरिएको छ । नवआगन्तुक स्नातक वर्ष वर्षका विद्यार्थीलाई स्वागत, स्नातक चौथो वर्षका विद्यार्थीलाई बिदाइ एवं कक्षा ११ र १२ तर्फका शैक्षिक पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले अनुशासनपूर्वक ध्यान दिएर पढ्न विद्यार्थीलाई सुझाव दिँदै विदेश जाने मानसिकता त्याग्न आग्रह गरे । उनले पठनपाठनका अलावा विद्यार्थीले सदाचारलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे ।

सञ्चालक समिति उपाध्यक्ष रमा त्रिपाठीले योजना बनाएर पठनपाठन गर्न विद्यार्थीलाई सुझाव दिंदै क्याम्पसको इज्जत रहने गरी शैक्षिक क्रियाकलापमा केन्द्रित बन्न विद्यार्थीलाई सुझाव दिइन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विद्यार्थीको शैक्षिक प्रगतिको कामना गर्दै शैक्षिक उन्नयनमा विद्यार्थीले पनि भूमिका खेल्नुपर्ने जनाए । स्नातक चौथो वर्षका विद्यार्थी विनिता सापकोटाले मेहनत गरी क्याम्पस तथा व्यक्तिगत आफ्नो प्रतिष्ठा बढाउन आग्रह गरिन् । स्नातक प्रथम वर्षकी मञ्जु सुनारले स्वागत गरेकोमा क्याम्पसप्रति आभार प्रकट गर्दै क्याम्पसको शैक्षिक वातावरण सुमधुर बनाउन विद्यार्थीले पनि भूमिका खेल्नुपर्ने जनाइन् । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख ओमबहादुर कुँवरले सचेतनामूलक कविता पनि प्रस्तुत गरे ।
क्याम्पस प्रमुख पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभागीय प्रमुख मानबहादुर कार्कीले स्वागत तथा सहायक प्राध्यापक महेश्वर पौडेलले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width