शैक्षिक सशक्तीकरण आवश्यक : मन्त्री गाहा

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
minister roshan.

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरले जनासंख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।
आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएका हुन् । उनले आदिवासी जनजाति समुदायको जनसंख्या धेरै भए पनि पहुँचको हिसाबले कमजोर रहेको बताए । उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउँदै शैक्षिक सशक्तीकरणको आवश्यकता रहेको उल्लेख गरे ।

उनले जनजाति समुदाय सांस्कृतिक हिसाबले धनी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनी छौं, यसको संरक्षण हुन नितान्त जरुरी छ । तपाईंहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ,’ उनले भने । मन्त्री गाहामगरले विद्यार्थी नेतालाई फरक–फरक पार्टीमा आवद्ध भए पनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाव दिएका थिए ।

यसैबीच, बृहत् खुला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामूहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भयो ।

यस्तै, न्यु ग्यालेक्सी बोर्डिङ स्कुल दोस्रो, फुलमुन डान्स स्टुडियो तृतीय भए । दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुल सान्त्वना भए । उनीहरुलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए । एकल नृत्यतर्फ यशोदा रोका प्रथम, सरु खत्री द्वितीय र डानियाल तृतीय भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग