नवज्योति सनत दुर्गा स्कुलको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
janajyoti

पोखरा । नवज्याति सनत दुर्गा आधारभूत विद्यालय पोखरा ३०, आपडाँडाले ३२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

समारोहमा वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले वडाले शिक्षा क्षेत्रलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद सुवेदी, विद्यालयका भवन निर्माणकर्ता पोखरा ८, सिमलचौर निवासी सनतकुमार श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठ, पोखरा महानगर कार्यपालिका सदस्य भीमकुमारी पुन, पोखरा ३० का जनप्रतिनिधि उमा परियार, विनोदप्रसाद लामिछाने, त्रिभुवन शान्ति नमुना माविका व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा संक्रामक तथा सरुवारोग अस्पताल मोहोरियाका अध्यक्ष केदार लामिछाने, विद्यालय व्यवस्थापन समिति सल्लाहकार मित्रलाल सापकोटा, नागरिक परोपकार समन्वय संस्थाका चिरञ्जीवी तिवारी, अमरसिद्ध नमुना माविका प्रअ विष्णुप्रसाद पौडेल, छिमेकी विद्यालय शान्ति आधारभूत विद्यालयका प्रअ अमृता तिवारी, विद्यालयका प्रअ रमा पौडेल लगायतले बोलेका थिए ।

लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीका तालचोकका सचिव कृष्ण तिवारीले विद्यालयलाई खेलकुद सामग्री सहयोग गरे । कार्यक्रम संचालन संस्थापक प्रअ लीलामणी त्रिपाठी र शिक्षिका सञ्जु वञ्जराले गरे ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग