भद्रकाली माविको वार्षिकोत्सवमा रक्तदान र मिनी म्याराथन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
bhadrakali

पोखरा । भद्रकाली माविको ७१ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका १३ कुँडहरस्थित विद्यालयकै प्रांगणमा बिहीबार कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक कार्यालय रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले पहिलो रक्तदाताद्वय शुक्रराज अधिकारी र शान्ति केसीलाई ब्लड ब्याग दिएर कार्यक्रम उद्घाटन गरे ।

भद्रकाली मावि व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी लगायत बोलेको कार्यक्रममा सहायक प्रधानाध्यापक लोकचन्द्र खनालले सञ्चालन गरेका कार्यक्रम संयोजक शीला गुरुङले बताइन् ।

यसैगरी वार्षिकोत्सवको अवसरमा शुक्रबार विद्यालय मिनी म्याराथन सम्पन्न भएको छ । सिनियर र जुनियर गरी दुई समूहमा म्याराथन प्रतियोगिता गरिएको प्रतियोगिताका संयोजक पृतमकुमार श्रेष्ठले बताए ।

सिनियर पुरुषतर्फ मानविकी कक्षा १२ मा अध्ययनरत पृतम गुरुङ पहिलो, कक्षा १२ मानविकीका भीमबहादुर गुरुङ दोस्रो र शिक्षा १२ का सन्तोष विक तेस्रो भए । त्यसैगरी जुनियर पुरुषतर्फ कक्षा ९ का आशिष नेपाली पहिलो, कक्षा ८ का सफल नेपाली दोस्रो, र गंगाबहादुर गुरुङ तेस्रो भए । महिलातर्फको म्याराथनमा कक्षा ११ शिक्षामा अध्ययनरत बालकुमारी विक पहिलो, कक्षा ९ की रिया तमाङ दोस्रो र कक्षा ६ की अप्सरा गुरुङ तेस्रो भइन् । दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ३ हजार र २ हजार र एक हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको संयोजक श्रेष्ठले बताए ।

भद्रकालीले फागुन ८ गते गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width