पोखरा लिंकन र कास्की मोडलबीच सम्झौता

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
pokhara lincon

पोखरा । पोखरा लिंकन इन्टरनेशनल कलेज र कास्की मोडेल हस्पिटलबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । कलेजको तर्फबाट अध्यक्ष शेरबहादुर गुरुङ र अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा. शैलेस गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार अस्पतालले कलेजका विद्यार्थी, कर्मचारी तथा शिक्षक र संचालक, सेयर होल्डरलाई स्वास्थ्य परीक्षणमा छुट प्राप्त गर्ने छन् । कन्सल्टेन्सी शुल्कमा १२, बेड चार्ज, सर्जरी/डेन्टल, प्रोसिजर ल्याब र फिजियोथेरापीमा १०, फार्मेसीमा ५ प्रतिशत पाउने छन् । साथै कर्मचारी तथा शिक्षक र संचालक/सेयर होल्डरलाई कन्सल्टेन्ट फि, बेड चार्ज, सर्जरी÷डेन्टल र प्रोसिजर ल्याबमा १५ प्रतिशत, फिजियोथेरामीमा १० र फार्मेसीमा ७ प्रतिशत छुट सुविधा दिइनेछ ।

पोखरा ८ सिमलचौरस्थित पोखरा लिंकनले करिब एक दसकदेखि मलेशियाको लिंकन युनिभर्सिर्टीबाट सम्बन्धनप्राप्त गरी नेपालको शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त र त्रिविबाट समकक्षता प्राप्त अन्तराष्ट्रियस्तरको डिग्री संचालन गरिरहेको छ । कलेजमा एमबिएका कक्षा आगामी मार्चदेखि बेलुकीको समयमा पनि संचालन हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width