विज्ञान प्रदर्शनीमा १५ विद्यालय सहभागी

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
science exibition 1

लमजुङ । बेसीसहरमा १५ विद्यालयबाट उत्पादित विज्ञान सामग्री प्रदर्शन गरिएको छ । किक्स इक्युपको आयोजनामा ल्यान्डस्टर आवासीय माविको हातामा बिहीबार उक्त प्रदर्शनी गरिएको हो ।

बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलुवालले प्रदर्शनी उद्घाटन गरे । उनले यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकास गरी सिकाइमा क्षमतामा बृद्धि गर्न मद्दत गर्ने हुँदा सकारात्मक सन्देश दिने बताए । यसले कुन विद्यायल के कति सिर्जनात्मक छ भन्ने पनि सिद्ध हुने हुँदा यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सोही शाखाका रामकृष्ण त्रिपाठीले पठनपाठनसँग नितान्त सरोकार राख्ने यस्ता विषयका प्रदर्शन कार्यक्रम सयमसमयमा भइरहनु पर्न यसले विद्यार्थी र शिक्षक दुवैलाई विषयप्रति रुचि जागृत गने बताए । उनले प्रदर्शनीस्थलमा राखिएको सामग्रीले सीप हस्तान्तरणका साथै आपसमा सदभाव बृद्धि गरेर भोलिका दिनमा थप उपलब्धिमूलक बनाउने उल्लेख गरे ।

किक्स इक्युपका अध्यक्षले आफ्नो संस्थाले शिक्षक, प्रअ तथा प्रिन्सिपल, विद्यार्थी र अभिभावकको भूमिकामा निखारता ल्याउन विद्यालयसँगको साझेदारीमा विभिन्न तालिम, केही विद्यार्थीका लागि छात्रवृत्ति, सिकाइ सहजताका लागि विज्ञान, गणित तथा पुस्ताकालयका सामग्री हस्तान्तरण, दुई विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले आफ्नो संस्थाको ५ वर्षे अवधिको आउँदो शैक्षिक सत्र अन्तिम वर्ष भएको हुँदा साहित्य र गणितको महोत्सव गर्ने योजना रहेको सुनाए ।

प्रदर्शनीमा भाग लिन आएका केही विद्यालयले भने सोही २५ सय रकम पनि खर्च नगरेको जस्तो देखिएको प्रत्यक्षदर्शीहरूले बताए ।

एक विद्यालयबाट प्रावि तह कक्षा–४ देखि ६, आधारभूत तह कक्षा– ७ र ८ तथा मावि तह कक्षा– ९ र १० का विद्यार्थीबाट छुट्टाछुट्टै आफ्नो इच्छाअनुसारका सामग्री उत्पादन गरी प्रदर्शनमा ल्याउन लगाइएको आयोजक किक्स इक्युपका शिक्षक उत्प्रेरक निराजन थापाले बताए । उनका अनुसार प्रदर्शनीमा बेसिसहर नगरपालिकाका संस्थासँग साझेदारी गरेका १५ विद्यालयले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width