वेदनिधि अभिनन्दन ग्रन्थ लोकार्पण

आदर्श समाज सम्वाददाता
माघ २७, २०७९
Book

पोखरा । सामाजिक एवं धार्मिक व्यक्तित्व वेदनिधि शर्मा अधिकारी सम्वद्ध अभिनन्दन ग्रन्थ बिहीबार पोखरामा लोकार्पण गरिएको छ ।

शर्माको सहस्रचन्द्र दर्शनोत्सव २०७९ अवसरमा प्रकाशित कृतिको विश्व हिन्दू महासंघ नेपालका राष्ट्रिय अध्यक्ष डा.रामचन्द्र अधिकारीले लोकार्पण गरे । सो अवसरमा अधिकारीले शर्मालाई महासंघका तर्फबाट अभिनन्दन पनि गरे ।

पिता गजाधर शर्मा अधिकारी र माता सावित्रीदेवी अधिकारीको सुपत्रको रुपमा १९९६ सालमा कास्कीको कास्कीकोट जन्मिएका शर्मा हाल पोखराको जिरो किमी बस्दै आएका छन् । सनातन हिन्दु धर्मको संरक्षण, सम्वद्र्धन, समाज र राष्ट्र सेवाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको तर्फबाट अभिनन्दन गरिएको हो । ब्राम्हण समाज र मातृशक्ति परिचालन समितितर्फबाट पनि शर्मासहित पत्नी हरिकलालाई सो अवसरमा सम्मान गरियो ।

महासंघका राष्ट्रिय अध्यक्ष अधिकारीले अभिनन्दित व्यक्तित्व शर्माले समाज सेवा, शैक्षिक विकास र धार्मिक क्षेत्रको उन्नयनमा पु¥याएको योगदान सराहनीय भएको बताए । माटो र राष्ट्रियताको संरक्षण सनातन धर्मले मात्र गर्न सक्ने भनाइ पनि उनले सो अवसरमा राखे ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दु अधिकारी पहाडीले राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा नेपाल हिन्दू राष्ट्र हुन जरुरी भएको बताइन् । उनले मानव जीवन सुखमय हुन साकाहारी जीवन अँगाल्न सुझाव दिइन् ।

कृृति सम्पादक एवं महासंघका सल्लाहकार रवीन्द्र माकाजूले अभिनन्दित व्यक्तित्व शर्माले धार्मिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान साथै उनको त्याग र निष्ठाका कारण यो सम्मान पाएको बताए । महासंघको गण्डकी प्रदेश समिति अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा ब्राम्हण समाजका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले पनि भनाइ राखेका थिए । महासंघले प्रकाशन गरेको कृतिका प्रधानसम्पादक पनि उनै प्राडा अधिकारी छन् ।

कार्यक्रममा स्वागत विश्व हिन्दु महासंघ कास्की जिल्ला अध्यक्ष जगन्नाथ कोइराला र संचालन मातृशक्ति परिचालन गण्डकी प्रदेश अध्यक्ष एवं विश्व हिन्दु महासंघ कास्कीको निवर्तमान अध्यक्ष पार्वता पौडेलले गरेकी थिइन् । सो अवसरमा महासंघको आजीवन सदस्यता पनि वितरण गरिएको थियो ।

विश्व हिन्दु पोखरा महानगरमा गोपाल

विश्व हिन्दु महासंघ पोखरा महानगर कमिटीमा गोपालबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । बिहीबार सम्पन्न अधिवेशनले समिति उपाध्यक्षत्रयमा सीतादेवी अधिकारी, गणेश पौडेल, बलराम पोख्रेल, महासचिव सकुन पौडेल, कोषाध्यक्ष इन्दिरा अधिकारी, सचिव कमला भण्डारी, पदमलाल तिमिल्सेना, शिव वराललाई चयन गरेको छ । सदस्यमा जमुना भण्डारी, कृपा बराल, लक्ष्मी शर्मा, कुलबहादुर सेन, धनपति बराल, सूचना खनाल, कृष्णकुमारी कुँवर छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width