पोखरा । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृतात्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजापाठ गरेको छ ।
गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आइतबार उक्त पूजा आरधनासहित दीप प्रज्ज्वलन गरिएको हो ।
समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजापाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ,’ धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । हामीले सोही समय पारेर मोन्लम पाठ वाचन गरेका छौं ।’
उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउँदै भने, ‘धेरै विधि, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्ति–शान्ति पूजा गरिएन भने फेरि पनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा फेरि पनि हुन सक्छ भन्ने उद्देश्यसहित यो पूजा गरेका हौं ।’
धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउँदै स्वस्तिशान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटनापछि यहाँ आसपासमा रहने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’
उक्त दीप प्रज्ज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामा गुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको संख्यामा भक्तजनको सहभागिता थियो । बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तिको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दीप प्रज्ज्वलन गर्ने प्रचलन छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९