अमेरिकाको बिवाइएससी आहाराराको फाइनलमा

आदर्श समाज सम्वाददाता
पौष २१, २०७९
minisota

पोखरा। अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पहिलो हाफको इन्जुरी टाइममा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्दा पाहुना टोली पहिलो पल्ट फाइनल पुगेको हो । उसले अब शनिबार फाइनलमा संकटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गरेको अमेरिकी टोलीले अतिरिक्त गोलका थुप्रै अवसर भने खेर फालेको थियो । पहिलो हाफको ३ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा रोजिनले हेडमार्फत उत्कृष्ट गोल गरेका हुन् । प्रवीण बस्नेतले दिएको एयर बलमा रोजिनले विपक्षी पोस्टको जाली चुमाएका हुन् ।

विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् । १४ पुसदेखि सुरु प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ हो । प्रतियोगितामा १० टिमले भाग लिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width