संकटा आहाराराको फाइनलमा

आदर्श समाज सम्वाददाता
पौष २०, २०७९
sankata vs apf (1)

तस्बिरः सुदर्शन रञ्जित ।

पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उसको जीतमा दुई अफ्रिकन खेलाडी नायक बने । खेल सुरुआतको पाँच मिनेटमै स्टेफेन विनोङले अग्रता लिएका थिए । खेलको ४३ औं मिनेटमा अर्का विदेशी खेलाडी मिसोकीले गोलअन्तर दोब्बर पार्दै पहिलो हाफ टुंगाए । ६१ औं मिनेटमा स्टेफेनले अर्को गोल थप्दै गोलअन्तर ३–० पु¥याए । खेल उत्तरार्धमा संकटाले पुनः अर्को गोल थप्यो । ८६ औं मिनेटमा मिसोकीले गोल गर्दै खेल टुंगाएका थिए । एपिएफका लागि खेलको ७४ औं मिनेटमा हरि कार्कीले सान्त्वना गोल फर्काए । संकटा १९ औं संस्करणको विजेता हो ।

बिहीबार दोस्रो सेमिफाइनलमा भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । मिनिसोटाले क्वाटरफाइनलमा मनाङलाई १–० गोलअन्तरले र चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबको चुनौती ३–१ गोलअन्तरले पन्छाउँदै फाइनल प्रवेशका लागि भेट सुनिश्चित गरेका हुन् ।

शनिबार हुने फाइनलका विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै