मिनिसोटासँग मनाङ पराजित

आदर्श समाज सम्वाददाता
पौष १९, २०७९
minnesota

पोखरा । साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । पोखरा रंगशालामा मंगलबार अन्तिम क्वाटरफाइनलमा अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटाले १–० गोलअन्तरले मनाङको चुनौती पन्छाएको हो । जीतसँगै पाहुना टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका दोस्रो सेमिफाइनलमा बिहीबार उसको भेट चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग हुनेछ ।

खेलको १८ औं मिनेटमा प्रवीण बस्नेतले गरेको गोल अन्ततः निर्णायक सावित भएको हो । आहारारामा सर्वाधिक उपाधि विजेता मनाङ र अर्को विभागीय क्लब नेपाल पुलिस क्लब हो । उनीहरुले समान ६ पटक उपाधि चुमेका छन् । मनाङ १२ पटक फाइनल पुगिसकेको टिम हो ।

गत वर्ष क्वाटरफाइनलमा एपिएफसँग ३–१ ले पराजित भए पनि यसपालि पाहुना टोली सेमिफाइनल यात्रा गर्न सफल छ ।

बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता एफिएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुने सहारा क्लब पोखराले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै