तमु ल्होसार : बाघ वर्गको बिदाइ, बिरालो वर्गको स्वागत

धनबहादुर गुरुङ
पौष १५, २०७९
7 (1)

पोखरा। गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता छ । गुरुङ जातीको उद्गमस्थल क्व्होलासोथार पनि यही पर्दछ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरु उत्पती र विकास भएको कास्कीका गुरुङहरुले शुक्रबार ल्होसार धुमधामले मनाएका छन् ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर कास्कीका गुरुङहरुले ‘तमु ल्होसार’ पर्व मनाएका हुन् । गुरुङ भाषाको ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
१२ राशीजस्तै गुरुङ जातिमा १२ जीवजन्तुको नाममा १२ वटा वर्ग विभाजन गरिएको हुन्छ । आजैबाट बाघ वर्ग सकिएर बिरालो वर्गसमेत सुरु भएको छ ।

यस अवसरमा पोखरा १० रामघाटस्थित बौंद्ध अर्घौं सदनमा विशेष कार्यक्रम गरिएको थियो । गुरुङ समाजले आयोजना गरेको कार्यक्रममा गुरुङ समुदायको संस्कृित झल्किने भेषभुषा, सामाग्री, बाजागाजा तथा नाचगान प्रस्तुत गरिएको थियो ।

त्यहाँ शुभकामना कार्यक्रमदेखि पूजाआजा, दिप प्रज्वलन, रुपा लगाउने कार्यसँगै रक्तदान कार्यक्रम गरिएको बौंद अर्घौं सदन रामघाटका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । सदनको गुम्बामा दर्शनका लागि देशका विभिन्न जिल्लाबाट पोखरा आएर बसोबास गर्ने करिब १५ हजार गुरुङ समुदायका मानिसहरु पुगेको उनले जानकारी दिए । ‘समग्रमा राम्रो भयो कार्यक्रम करिब १५ हजार मानिसहरु यहाँ आए होला,’ उनले भने, ‘हामीले यहाँ आउनेहरुलाई गेटमा दिनका लागि १२ हजार स्वागत व्याच बनाएका थियौं । त्यो सकिएर पछि आउनेलाई दिन पाएनौं ।’

गुरुङहरुको छाता संस्था तमु धिं र तमु प्हे ल्हु संघले शनिबार सामुहिक ल्होसार आयोजना गर्न लागेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । ‘खास हाम्रो चाँड त आज हो तर हामी गुरुङहरु बिचको एकताको सन्देश दिन भोली सामुहिक ल्होसार आयोजना गर्दैछौं,’ गुरुङले भने, ‘भोली सभागृहदेखि अमरसिंहचौरसम्म ¥याली गरी शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गर्दैछौं ।’

तमु धिंले ल्होसारको दिन केन्द्रीय कार्यालयको प्रांगणमा निर्णाण गरिएको गुरुङ संग्राहलयको उद्घाटन गरेको छ । करिब ४० लाख लागतमा निर्माण गरिएको संग्राहलयको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरेकी हुन् ।
तम धिंमा शुक्रबार संग्राहलय उद्घाटनसँगै सम्मान, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको तमु धिंकी महासचिव जुनाकुमारी गुरुङले जानकारी दिईन् । कार्यक्रममा शिक्षाविद् वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङ स्मृति पुरस्कार भद्र घलेलाई प्रदान गरिएको थियो । उनलाई नगद एक लाख एक हजार एक सय ११ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । यस्तै आकृति अक्षयकोषबाट अर्विन गरुङ, प्रशान्त गुरुङ र आषिश गुरुङलाई छात्रवृति प्रदान गरिएको हो । यसैगरी सुनिल अक्षयकोषबाट रोहन, तारादेवी र वर्षा गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

अन्य पुरस्कारमा कर्णेल तीर्थ कुमारी समाज सेवा पुरस्रका सु. तुलबहादुर तमु, सन्तबहादुर तमु स्मृति समाजसेवा पुरस्कार कन्याकुमारी तमु, डा. हर्क, डा. चन्द्र र प्राध्यापक सन्त शिक्षा पुरस्कार गिरीप्रसाद तमु, स्व. धनबहादुर लामिछाने साहित्यिक पुरस्कार बुद्धिप्रसाद तमु, आदिकवि स्व. हर्क तमु स्मृति पुरस्कार आशबहादुर तमुलाई अर्पण गरिएको महासचिव जुनाकुमारी गुरुङले जानकारी दिईन् । यस्तै कन्याकुमारी तमु, अमर लेम तमु र मिनाकुमारी तमुलाई पनि सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै