आज ल्होसार पर्व

आदर्श समाज सम्वाददाता
पौष १५, २०७९
lochhar

पोखरा ।  पुस १५ अर्थात् तमु समुदायको महान चाड नयाँ वर्ष तमु ल्होसार (हि ल्हो)–२०७९ शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ । तमु धिं नेपालले यस अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

गुरुङ समुदायले पुरानो बाघ वर्गलाई बिदाइ गरी शुक्रबारदेखि आफ्नो पारम्परिक नयाँ बिरालो वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् ।

यसैबीच, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु ल्होसार अवसरमा शुुभकामना दिएका छन् । शुुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको काम गरेका हुन् । यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको बताएका छन् ।

यसैगरी, तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार(हि ल्हो)–२०७९ आगमनको अवसरमा विविबार साँझ पोखरा १७ विरोटाचोकस्थित तमु ह्युलाचोका दिप प्रज्वलन गर्दै हि ल्हो(बिरालो वर्ग)लाई स्वागत गरेको छ।

१२ वटा वर्गहरु मध्ये पुस १४ गते राती १२ बजे तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनका लागि तमु धिं नेपालको आयोजना र तमु सहयोग समिति पार्दीको व्यवस्थापनमा दिप प्रज्वलनसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु ल्होछार(हि ल्हो)को आगमनको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै विविधताको मुलुकमा ल्होछार राष्ट्रिय सँस्कृति, एकता, सद्भाव र सभ्यता बोकेको पर्व भएकाले तमुको मात्रै नभएर राष्ट्रिय पर्व भएको बताए । पुस १५ गतेसम्म विभिन्न ठाँमा ल्होछार मनाए पनि पुस १६ गते पोखरा सभागृहबाट शुरु हुने बृहद हि ल्हो शुभकामना  र्‍यालीसहित अमरसिंहचौरमा हुने कार्यक्रममा सबैको सहभागिताका लागि आमन्त्रण समेत गरे ।

कार्यक्रमका विशेष अतिथि तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले शुभकामना व्यक्त गर्दै सामुहिकतामा रमाउने तमुहरु अब एकता र अग्रगतिमा जुट्नुपर्ने बताए ।

तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.तमबहादुर गुरुङको अध्यक्षता र सचिव मेखबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सु.तुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तमु ह्युल चोकमा दीप प्रज्वलनसहित शुभकामना आदान प्रदान, चियापान र साँस्कृतिक रमझम गरी बाघ बर्गलाई विदाई र बिरालो वर्गमा सुस्वागत गरेको कार्यक्रममा विभिन्न तमु अग्रजहरु, समाज एवम संघ संस्थाका अध्यक्षहरुको विशेष सहभागिता रहेको थियो। तमु ह्युलाचोक स्थापना पश्चात तमु समुदाय एवम पोखराकै पहिचानको चोकको रुपमा तमु समुदायले तमु ह्युला चोकमा ल्होछारको आगमनको अवसरमा दीप प्रज्वलनसहित कार्यक्रम गर्दै आइरहेकाछन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै