जनप्रिय बहुमुखी क्याम्पसमा वीरेन्द्रनारायण विजुक्छे

आदर्श समाज सम्वाददाता
पौष ५, २०७९
birendra narayan

पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् ।

मंगलबार बिहान भएको मतदानमा बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गर्दा १४ मत बदर भएको छ ।

जनप्रिय विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यता प्राप्त क्याम्पस हो । मानित विश्वविद्यालयको यात्रामा रहेका क्याम्पसको वार्षिक साधारणसभा तथा नवौं अधिवेशन शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन् । उनले समुदायस्तरबाट स्थापित क्याम्पस सञ्चालनका लागि प्रदेश सरकारले यो वर्षबाट नियमित अनुदान व्यवस्था गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै