युआरएल स्याङ्जामा शिविर

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७९
url

पोखरा, ५ कात्तिक । युआरएल स्याङ्जाले शनिबार २ सय ५ जनाको सित्तैमा मधुमेह तथा रगत हुने खराब बोसो (टिजी) जाँच गरेको छ । ५ महिनाअघि पुतलीबजार १ मा सञ्चालनमा आएको युआरएल स्याङ्जाले सामाजिक उत्तरदायित्व वहन गर्दै सचेतनासहितको शिविर आयोजना गरेको हो ।

शिविरमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले खानपान, जीवनशैली सुधार्न र सम्भव भएसम्म वर्षमा एक पटक स्वास्थ्य जाँच गरी स्वस्थ रहन आग्रह गरे । धेरैजसो नसर्ने खालका रोगले एकै पटक थला नपार्ने जनाउँदै उनले सामान्य लक्षण देखिँदा र प्रारम्भिक चरणमै पत्ता लागे चाडै निको हुने र सास्ती कम हुने उल्लेख गरे ।

डा अधिकारीले चाडपर्वका बेला खानाका कारण आउने समस्या बढी देखिने भएकाले सजग भएर चाडपर्व मनाउन सुझाए । उनले भने, ‘हामी काम र कसरत कम, तनाव बढी र मिसावट भएका खाना खान थालेका छौं । त्यसैले पहिलाभन्दा बढी सजग हुनु आवश्यक छ ।’ सुरुआती चरणमै पत्ता लागे सुगर र टिजीलाई नियन्त्रणमा राखेर सामान्य जीवन बाच्न सकिने उल्लेख गर्दै उनले हेलचेक्र्याइ गरे जीवन नै जोखिममा पर्न सक्ने जनाए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले आधुकि प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवा स्थानीय तवरमै दिन स्याङ्जामा सेवा सुरु गरिएको बताए । सामान्यदेखि जटिल तवरका जाँच उपलब्ध गराउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले प्रतिवद्धता गरे । युआरएलका निर्देशक गणेशप्रसाद कोइरालाले गण्डकी प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा दिन आफूहरु प्रतिवद्ध गरेको बताए ।
स्थापनाको ९ वर्षमा युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ३० औं शिविर हो । युआरएल स्याङ्जा अध्यक्ष रंगनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा वसन्त पंगेनीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width